काभा नेसन्स लिग आजदेखि काठमाडौंमा , उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

नेपालभ्युज

काभा नेसन्स लिग आजदेखि काठमाडौंमा , उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरू हुँदैछ ।

साउन २३ गतेसम्म चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने छ । उद्घाटन खेलमा नेपालले आज श्रीलंकाको सामना गर्ने भएको छ । नेपाल सुरुका दुई संस्करणको विजेता पनि हो ।

नेपालले साउन १९ गते भारतसँग खेल्नेछ भने साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्ने छ ।

प्रतियोगितामा नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सको सहभागिता छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved