केन्द्रीय सदस्यको नाम टुंगो लगाउन एकीकृत समाजवादीले बनायो कार्यदल

नेपालभ्युज

केन्द्रीय सदस्यको नाम टुंगो लगाउन एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको नाम टुंगो लगाउन कार्यदल गठन गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयकाबारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले जानकारी दिए ।

केन्द्रीय कमिटीको बैठक साउन १८ गते बस्ने र सोही बैठकमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुङ्गो लगाउने उनले बताए ।

महाधिवेशन भएको लामो समय हुँदा पनि एकीकृत समाजवादीले पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved