सामसङको निःशुल्क पिक–अप र ड्रप सेवा, घरैबाट माेबाइल मर्मत गर्न सकिने

नेपालभ्युज

सामसङको निःशुल्क पिक–अप र ड्रप सेवा, घरैबाट माेबाइल मर्मत गर्न सकिने

काठमाडौं । सामसङ नेपालले श्रावण १ गतेदेखि काठमाडौं उपत्यका भरी वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा बजारमा ल्याएको छ ।

वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल–फ्री मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा सुविधा पाउने सामसङ नेपालले जनाएको छ ।

मोबाइल लिनको लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिने छन् र मर्मत भएपछि फिर्ता घरमै पुर्‍याई दिने छन्  ।

हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved