हिरामण्डीमा मनीषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

नेपालभ्युज

हिरामण्डीमा मनीषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

काठमाडौँ । हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन्। साउन २६ मा गैह्री धाराको एलिसमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ लन्च गर्न सहभागी हुने भएकी छन्।

ट्रुडर्मा ब्रान्डका निर्देशक सुशान्त मुरारकाले ट्रु स्किन ब्रान्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए । शेख आफैँले प्रडक्टको अनावरण गर्नेछिन्। उनले आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ। नेपाली ब्रान्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए।

उनका अनुसार कलाकार शेख नयाँ स्किन केयर प्रडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुने छिन्। ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे।

प्रडक्टलाई विशेष गरी प्राकृतिक तत्त्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ। ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो प्रडक्ट लन्चलाई ठुलो महत्त्व दिएको मुरारकाले बताए। ‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved