मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन : महासचिव पोखरेल

नेपालभ्युज

मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन : महासचिव पोखरेल

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताए ।

प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराहीमा मंगलबार भएको पत्रकार सम्मेलनमा उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए ।

“हामी सरकारका जानका लागि मात्रै मिलेका होइनौं देश विकासका लागि सहकार्य गरेका हाैँ”, उनले भने, “लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो ।”

उनले पुराना दल चाहिदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताए । उनले ठूला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved