कृषि समितिले आज नयाँ सभापति चयन गर्ने

नेपालभ्युज

कृषि समितिले आज नयाँ सभापति चयन गर्ने

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले आज सभापति चयन गर्दैछ ।

यसका लागि समितिले दिँउसो ४ बजे बैठक बोलाएको छ । सभापति आर्जु राणा परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि समितिले नयाँ सभापति चयन गर्न लागेको हो । समितको आज बस्ने बैठकमा सभापतिको निर्वाचन हुने बताइएको छ ।

समिति सभापतिका लागि नेपाली कांग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गराएकी छिन् ।

सोमवार उम्मेदवारी दर्ता गराएकी थापा मगरको प्रस्तावक कांग्रेस सांसद वीरबहादुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved