ओलम्पिकमा नेपालका पौडीवाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दै

नेपालभ्युज

ओलम्पिकमा नेपालका पौडीवाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका पौडीवाज एलेक्स शाहले प्रतिस्पर्धा गर्दैछन् । शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

खेल नेपाली सयम अनुसार दिउँसो ३ बजे हुनेछ । कतारको दोहामा यसै वर्ष भएको विश्व पौडी च्याम्पियनसिपमा ५२ दशमलव १७ सेकेण्डको समय निकाल्दै शाहले राष्ट्रिय किर्तीमान राखेका थिए ।

तीन वर्षअघि भएको टोकियो ओलम्पिकमा पनि सहभागिता जनाएका शाहको ओलम्पिकमा यो दोस्रो सहभागिता हो । पेरिस ओलम्पिकमा पौडीतर्फ यसअघि नेपालकी डुवाना लामाले महिला दुई सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरिसकेकेकी छिन् ।

पेरिस ओलम्पिकमा नेपालका जुडो खेलाडी मनिता श्रेष्ठसँगै टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङ्गकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको प्रतिस्पर्धा पहिलो खेलमै टुंगिसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved