एनसेलमा मनोरञ्जनको सम्पूर्ण प्याकेज , ‘बिज सधैँ अन’

नेपालभ्युज

एनसेलमा मनोरञ्जनको सम्पूर्ण प्याकेज , ‘बिज सधैँ अन’

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि गुणस्तरीय कन्टेन्ट प्रदान गर्न लायन्सगेट प्लेसँग सहकार्य सुरु गरेको छ । एनसेलले गुणस्तरीय भिडियो स्ट्रिमिङ र कन्टेन्टका लागि लायन्सगेट प्लेसँग सहकार्य सुरु गरेको हो ।

लायन्सगेट प्ले लायन्सगेट ईण्डिया र स्टार्जबाट पाईने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकलाई इन्गेज गराउने फ्रान्चाइजी, प्रिमियरहरु लगायत थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाईब्रेरी रहेको छ ।

 

यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामाग्रीहरुमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु रहेको एनसेलले जनाएको छ ।

‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिईसकेका ग्राहकहरुको प्रतिक्रिया उत्साहजनक रहेको एनसेलको भनाई छ ।

“लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैं अन’का ग्राहकहरुका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकहरुलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेन्डेड कन्टेन्ट कम्पनीहरु मध्येको एक लायन्सगेटको वृहद् संग्रहमा पहुँच दिन्छ,” एनसेलका हेड अफ बिजनेश सोलुसन्स् रञ्जन शर्माले भने । “स्ट्रिमिङ पार्टनरका रुपमा लायन्सगेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले हाम्रा बिज सधैं अनका ग्राहकहरुबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं ।”

लायन्सगेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ ।

यसमा हलिउडका हिट फिल्महरु देखि लिएर, टिभी सोहरु, लायन्सगेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरु, वृत्तचित्रहरु, बालबालिका र पारिवारिक सामाग्रीहरु र विश्वका दर्शकहरुले मन पराउने अन्तरराष्ट्रिय चलचित्रहरु रहेका छन् ।

“विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्सगेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौं,” लायन्सगेट प्ले एसियाका अध्यक्ष, रोहित जैनले भने । “समिक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र श्रृङ्खलाहरू सहित हाम्रो सामग्रीहरुको वृहद् संग्रह देशभरका मनोरञ्जन प्रेमीहरुका लागि मुख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौं ।”

लायन्सगेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरुले सजिलै आफ्ना सर्भिस प्लानलाई  * 123# डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् ।

लायन्सगेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved