ओलम्पिकमा प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित

नेपालभ्युज

ओलम्पिकमा प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित

काठमाडौं । पेरिस ओलम्पिकको ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित भएका छन् । दाहाल आयरल्याण्डका प्रतिस्पर्धीसँग पराजित भएका हुन् ।

समूह ‘पी’ को खेलमा विश्व वरियताको ४३ औँ स्थानमा रहेका आयरल्याण्डका गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा हराए ।

विश्व वरियतामा १७२ औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८ औँ विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि बुधबार प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यू’ खेल हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved