अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी

नेपालभ्युज

अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायम–मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको मन्त्रिरिषद् बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकाशमा जाने भएपछि सरकारले शर्माको अवकाशअगावै सिग्देललाई कामुको जिम्मेवारी दिएको हो ।

सेनाको परम्पराअनुसार अवकाश पाउन एक महिनाअघि नै बिदामा बस्ने प्रचलन छ। प्रधानसेनापति शर्मा साउन २४ गतेदेखि नै बिदामा बस्दै छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved