सुर्खेतमा वर्षाले घर भत्किँदा घाइते भएकी किशोरीकाे उद्धार

नेपालभ्युज

सुर्खेतमा वर्षाले घर भत्किँदा घाइते भएकी किशोरीकाे उद्धार

सुर्खेत । वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएकी छन् ।

वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला निवासी खम्म बुढाको घर आइतबार बिहान वर्षात्‌को कारण भत्किँदा घरले च्यापिएर १५ वर्षीया शुशिला बुढा घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते भएकी बुढाको उद्धार गरिएको छ ।

उनको हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved