काठमाडौं । पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पहिलो खेलमै पराजित भएका छन् । समूहको पहिलो खेलमा दाहाल सोझो सेटमा पराजित भएका हुन् ।
समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग सोझो सेटमै पराजित भएका हुन् ।
प्रिन्स ८–२१ र ६–२१ स्कोर सहित सोझो सेटमा पराजित भएका हुन् । यद्यपी प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ । प्रिन्स विश्व वरीयतामा १ सय ७२ औं स्थानमा छन् ।
यसअघि शनिवबार राति भएको अर्को खेलमा नेपालका टेबल टेनिस स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमै पराजित हुँदै बाहिरिए ।
ओलम्पिकमा नेपालका स्यान्टु र प्रिन्स सहित जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल सहभागी छन् ।
कुल ६ खेलका ७ खेलाडीसहित २७ जनाको जम्बो नेपाली टोली पेरिस पुगेको छ ।
Facebook Comment
Comment