कोशी सहित केही प्रदेशमा भारी वर्षाको सम्भावना, बाँकी भेगको मौसम भने यस्तो छ

नेपालभ्युज

कोशी सहित केही प्रदेशमा भारी वर्षाको सम्भावना, बाँकी भेगको मौसम भने यस्तो छ

काठमाडौं । मधेस र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । बाँकी भेगको मौसम भने साधारणतया बदली भई केही भेगमा भने मौसम सफा रहने छ ।

मधेसको बारा, पर्सा आसपास तथा बागमती प्रदेशको मकवानपुर, सिन्धुली आसपास मध्यम वर्षा हुुनुका साथै कोशी प्रदेशको झापा, सोलुखुम्बु आसपास हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आज राती देशभर साधारणतया बदली रहने विभागको अनुमान छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना पनि छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा फाटफुट वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै ताप्लेजुङमा ३४ दशमलव ४ मिलिमिटर वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved