महिला एसिया कप: भोलि भारत र श्रीलंकाको फाइनल भिडन्त

नेपालभ्युज

महिला एसिया कप:  भोलि भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो।

आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ। यो खेल आइतबार दिउँसो ३,१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ।

यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो।

प्रतियोगितामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहिरिएको छ। तीन खेल खेलको नेपालले यूएईविरुद्ध ६ विकेटको जित निकालेको थियो। समूह चरणकै भेटमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल भारतसँग ८२ रनले स्तब्ध भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved