टीआरसी विधेयकमा सहमति खोज्न कार्यदलको बैठक जारी

नेपालभ्युज

टीआरसी विधेयकमा सहमति खोज्न कार्यदलको बैठक जारी

काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक बसी रहेको छ ।

बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको हो ।

बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी छन् ।

प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउन सहमत भए बमोजिम कार्यदलको बैठक बसेको हो । कार्यदलले टीआरसी विधेयकमा देखिएका असहमतिलाई सुल्झाउने जिम्मा पाएको छ ।

तीन दलका शीर्ष नेता सम्मिलित बैठकले तीन साताअघि गठन गरेको कार्यदलका सदस्यहरूबीच गत बुधबार पनि छलफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved