राष्ट्रसंघको सामाजिक परिषदमा नेपाल उपाध्यक्षमा निर्वाचित

नेपालभ्युज

राष्ट्रसंघको सामाजिक परिषदमा नेपाल उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्षमा निर्वाचित भएको छ । राष्ट्रसंघका प्रमुख ६ वटा अंग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताए ।

शान्ति स्थापना कार्यलगायत राष्ट्रसंघमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका कारण उक्त पदमा मुलुक निर्वाचित भएको भट्टराईले बताए ।

५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन् । आगामी वर्ष नेपाल एसिया –प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ ।

परिषदमा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् ।

पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ ।

परिषदको अध्यक्षमा क्यानडा निर्वाचित भएको छ ।

यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved