राष्ट्रपति बाइडेन र नेतान्याहुबीच भेटवार्ता, अमेरिकी सहयोगको अपेक्षा

नेपालभ्युज

राष्ट्रपति बाइडेन र नेतान्याहुबीच भेटवार्ता, अमेरिकी सहयोगको अपेक्षा

काठमाडौं । गाजामा युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब झेलिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी सहयोगको अपेक्षा गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका नेतान्याहुले राष्ट्रपति जो बाइडेनसँगको भेटमा हमाससँगको लडाई इजरायलको मात्र नभई अमेरिकाको पनि भएको भन्दै निष्कर्षमा पुर्याउन आग्रह गरेका हुन् ।

यसअघि नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गरेका थिए । अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतान्याहुले राष्ट्रपति बाइडेनलाई भेटेका हुन् ।

ह्वाइट हाउसले भने राष्ट्रपति बाइडेन र नेतान्याहुबीच गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी भएको बताएको छ ।

नेतान्याहुले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँग पनि संवाद गरेका छन् ।

गाजा युद्ध सुरु भएको ९ महिना पुगेको छ । युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा नेतान्याहुमाथि चर्को दबाब छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved