प्रधानमन्त्री ओलीसँग डा सन्दुकको भेट

नेपालभ्युज

प्रधानमन्त्री ओलीसँग डा सन्दुकको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे कुराकानी भएको  प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

“बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो,आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ’ ओलीले लेखेका छन्, “आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।”
 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved