रास्वपा केन्द्रीय समितिको बैठक जारी

नेपालभ्युज

रास्वपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा बैठक जारी छ ।

मुकुल ढकाललाई महामन्त्री र पार्टी प्रवक्ताबाट बर्खास्त गरेपछि पहिलो पटक रास्वपा केन्द्रीय समितिको बैठक बसेको हो ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved