वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या बढ्दो, दैनिक चारवटा शव नेपाल भित्रिए

नेपालभ्युज

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या बढ्दो, दैनिक चारवटा शव नेपाल भित्रिए

काठमाडौं । कामका खोजीमा विदेश गएका नेपालीमध्ये हरेक दिन चार जनाको शव काठको बन्द बाकसमा स्वदेश फर्किने गरेको छ । वर्षेनी हजार भन्दा बढी नेपालीले विदेशमा श्रम गर्ने क्रममा ज्यान गुमाउन थालेका छन् ।

गत आर्थिक वर्षमा एक हजार ३ सय ४६ युवाको विदेशी भूमी ज्यान गएको हो । यो संख्या एक वर्षको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो ।

यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको संख्या अझै धेरै हुन सक्छ ।

वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो संख्यामा नेपाली श्रमिकले ज्यान गुमाउन थालेका छन् ।

तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेमध्येबाट दैनिक औसतमा चार वटा शव काठको बन्द बाकसमा विदेशबाट आउने गरेको छ ।

बोर्डका अनुसार गत आर्थिक वर्षमा साउदी अरबबाट ३४९, मलेसियाबाट ३४५, कतारबाट २४० र संयुक्त अरब इमिरेटस (युएई) बाट २३३ जना नेपालीको शव नेपाल ल्याइएको छ ।

यस्तै सो अवधिमा दक्षिण कोरियाबाट २८, कुवेतबाट ७२, इजरायलबाट १९, बहाइनबाट १७, रोमानियाबाट १२, जापानबाट १६ शव नेपाल आइपुुगेको छ ।

क्रोएसियाबाट १०, साइप्रस दुई, इजरायल दुई, उज्बेकिस्तान दुई र जोर्डन तीन र इजिप्ट, हङकङ, काजकस्थान र युकेबाट एक/एक शव आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार गत आर्थिक वर्षमा रोजगारीका क्रममा मृत्यु भएका एक हजार ३४६ मृतकका परिवारमध्ये ८ सय २८ परिवारले सात लाखका दरले आर्थिक सहायता लिइसकेको र बाँकी ४१८ परिवारलाई रकम दिने प्रक्रियामा छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुुनेको संख्या अघिल्लो वर्ष भन्दा गत वर्ष बढेको समाचार गोर्खापत्रमा प्रकाशित छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved