केन्द्रीय कमिटीलाई पूर्णता दिन एकीकृत समाजवादीको बैठक बस्दै

नेपालभ्युज

केन्द्रीय कमिटीलाई पूर्णता दिन एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक डाकिएको हो । बैठकले केन्द्रीय सदस्य चयनका लागि कार्यविधि तथा मापदण्ड बनाउने, पदाधिकारी चयन गर्ने लगायत विषयमा निर्णय गर्ने नेता आलोक रायमाझीले बताए ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गरिने बताइएको छ ।

पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । नेतृत्वमा सबै जिल्लाको प्रतिनिधित्व गराउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एक सदस्यको सहभागिता सुनिश्चित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved