संसदका विभिन्न ६ वटा समितिका बैठक सिहंदरबार बस्दै

नेपालभ्युज

संसदका विभिन्न ६ वटा समितिका बैठक सिहंदरबार बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिका बैठक बस्दैछन् ।

त्यस्तै, राष्ट्रियसभाअन्तगर्तको एउटा समितिले पनि आज बैठक बोलाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ईयूको सेफ्टी लिस्ट तथा नागरिक उड्ययन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमतिका विषयमा छलफल हुने कार्यसूची छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौताका विषयमा पनि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बोलाइएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने एजेण्डा छ ।

सार्वजनिक लेखा समितिको बैठक भने दिउँसो ३ बजेका लागि बोलाइएको छ

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved