आउन थाले तीज गीत, शान्तिश्रीको ‘काली पसम कि’ले मच्चाउँदै तहल्का

नेपालभ्युज

आउन थाले तीज गीत, शान्तिश्रीको ‘काली पसम कि’ले मच्चाउँदै तहल्का

काठमाडौं । साउन लागेसँगै तीज गीत रिलिज भइरहेका छन् । युट्युबमा दुई दर्जन बढी तीज गीत आइसक्दा शान्तिश्री परियारको गीत चर्चामा छ।

शान्तिश्री परियारकै आधा दर्जन बढी गीत सार्वजनिक हुँदा समीक्षा अधिकारी र गायक मोहन खड्काको स्वर रहेको तीज गीत ‘बरिलै’ खासै चल्न सकेको छैन ।

शान्तिश्रीको स्वर रहेको ‘काली पसम की’ यतिबेला चर्चामा देखिन्छ । चारदिनअघि सार्वजनिक सो गीत आठ लाख भ्युअर्स बटुल्दै युट्युब ट्रेन्ड्रिङ २ मा छ । यो गीतले ट्रेन्ड्रिङ एकमा लामो समय कब्जा जमाउने देखिन्छ । टिकटकदेखि रिल्समा समेत यो गीतमा नृत्य गरेका भिडिओ प्रशस्त  भेटिन थालेका छन् ।

प्रेम सापकोटाको शब्द एवं सङ्गीत रहेको गीतको भिडिओमा स्मारिका ढकाल र जोन बम ठकुरी फिचर्ड छन् । भिडिओलाई जेरी भण्डारीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

अघिल्लो साल शान्तिश्री कै ‘अरेली काँडैले च्वास्स’ गीत सबैभन्दा चर्चामा थियो । यसपटक पनि सार्वजनिक भइसकेका गीत मध्ये ‘काली पसम कि’ गीत नै बढी चर्चामा छ ।

यससँगै शान्तिश्रीका अरू गीत पनि छन् । खुमन अधिकारी, शान्तिश्री परियार, देवी घर्ती र अर्जुन कुँवरको स्वरमा ‘कुरा काट्नेहरू’ सार्वजनिक छ । पशुपति शर्माले प्रिया भण्डारीसँगको स्वरमा ‘मै लुरी’ ल्याएका छन् ।

अस्ट्रेलियामा रहेकी गायिका एलिना चौहानले पनि तीज गीत सार्वजनिक गरिसकेकी छन् । सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘सीताका माइती’ भन्ने गीत छ ।

सुनिता बुढा क्षेत्रीको ‘बिजुली चमक्क’ गीत पनि युट्युबमा छ। कस्तुप पन्तको शब्द एवं सङ्गीत रहेको गीतको भिडिओमा अञ्जली अधिकारीको नृत्य देख्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved