काभा अण्डर २० महिला भलिबलमा तेस्रो स्थानका लागि नेपालले आज माल्दिभ्ससँग खेल्दै

नेपालभ्युज

काभा अण्डर २० महिला भलिबलमा तेस्रो स्थानका लागि नेपालले आज माल्दिभ्ससँग खेल्दै

काठमाडौं । काभा अण्डर २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा सोमबार राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो ।

लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो ।

अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा भने कीर्गिस्तान र श्रीलंका भिड्नेछन् ।

पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved