काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को खुद नाफा एक अर्ब ३३ करोड पाँच लाख रुपैयाँले घटेको छ । बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ५.९८ प्रतिशतले घटेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ४१ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेर २ अर्ब ५४ करोड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ५४.२६ प्रतिशतले घटेर एक करोड चार लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकको यस्तो आम्दानी दुई करोड २७ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिसन आम्दानी ५४.२६ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ, सञ्चालन आम्दानी ६.८६ प्रतिशत घटेर २ अर्ब ५६ करोड १ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेर १ अर्ब ९० करोड १० लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको कर्जा लगानी ४ प्रतिशतले बढेर २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.८६ प्रतिशतले घटेर दुई अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा रहेको छ ।
Facebook Comment
Comment