सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न स्थानीय तहलाई परिपत्र 

नेपालभ्युज

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न स्थानीय तहलाई परिपत्र 

काठमाडौं । सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न स्थानीय तहलाई परिपत्र गरिएको छ ।

यसका लागि सोमबार गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

गत असार २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न विभागले स्थानीय तहलाई परिपत्र गरेको हो ।

पत्रमा लेखिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८१/०२/२४ मा सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएकोमा देशभर निरन्तर परेको बर्षाको कारण ठाउँठाउँमा बाढी पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रायोजनको लागि हाललाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्नु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved