कोशी र सुदूरपश्चिमका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

नेपालभ्युज

कोशी र सुदूरपश्चिमका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मुलुकका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ ।

गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको हो ।

आज दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।

त्यस्तै, आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २८ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा १२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा ११२ दशमलव ६ मिलिमिटर वर्षा भएको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved