दिनारसँगै घट्यो यूरो र पाउण्डको मूल्य 

नेपालभ्युज

दिनारसँगै घट्यो यूरो र पाउण्डको मूल्य 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज कुवेती दिनार, यूरो र बेलायती पाउण्डको मूल्य घटेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १७ पैसा रहेको छ । यूरो एकको खरिद दर १४५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ १२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १७३ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved