सुदूरपश्चिम नाउपामा चौथौ पटक फेरिए दलका नेता, एक साता पनि टिकेनन् खुसीराम

नेपालभ्युज

सुदूरपश्चिम नाउपामा चौथौ पटक  फेरिए दलका नेता, एक साता पनि टिकेनन् खुसीराम

धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि फेरिएका छन्। असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो । तर उक्त निर्णयको एक साता नबित्दै पुन बहुमतले घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा अहिले सम्म नागरिक उन्मुक्ति पार्टी भित्रको आन्तरिक विवादका कारण चोथौ पटक दलको नेता फेरिएको छ ।

साउन २ गतेको बैठकले घनश्याम चौधरीलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिममा नाउपा सात सांसद् छन्। घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी,लक्ष्मण किशोर चौधरीलाई रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन्।

कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर गरेका छैनन्। असार २९ गते लक्ष्मण किशोर चौधरीले हस्ताक्षर गरेर खुसीराम चौधारीलाई दलको नेता बनाएका थिए भने लक्ष्मण किशोरले नै साउन २ गते घनश्याम चौधरीले दलको नेता बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन्। अन्य तीन तीन जना अघिल्लो पटक बनाउने र नबाउनेमा विभाजित भएका थिए । यस अघि रञ्जिता पक्षम २ जना मात्रै प्रदेश सभा सदस्य खुल्दै आएकोमा खुसीराम चौधारी पनि थपिएपछि संख्या ३ पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved