माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभर १ हजार ४ सय उडान रद्द

नेपालभ्युज

माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभर १ हजार ४ सय उडान रद्द

काठमाडौं । माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभर १ हजार ४०० उडानहरू रद्द भएका छन् ।

यसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ । अहिलेसम्म अमेरिकामा ५१२ उडानहरू रद्द भएका छन् ।

यस्तै, जर्मनीमा ९२, भारतमा ५६, इटालीमा ४५ र क्यानडामा २१ उडान स्थगित भएका छन् ।

माइक्रोसफ्टको सर्भरमा समस्या, विश्वभरका बैंक, मिडिया समूह र एयरलाइन्स प्रभावित

बीबीसीका अनुसार टर्कीको ध्वजवाहक टर्किस एयरलाइन्सले आईटी आउटेजबाट प्रभावित भएको पुष्टि गरेको छ । एयरलाइन्सको ८४ वटा उडान स्थगित भएको छ ।

यस्तै, अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ ।

माइक्रोसफ्टले अवशिष्ट प्रभावले सेवाहरुलाई असर गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved