बंगलादेश असुरक्षित बन्दै, नेपाली विद्यार्थी मेघालय हुँदै भारत प्रवेश गर्न थाले

नेपालभ्युज

बंगलादेश असुरक्षित बन्दै, नेपाली विद्यार्थी मेघालय हुँदै भारत प्रवेश गर्न थाले

काठमाडौं । सरकारी जागिरमा गरिएको आरक्षणको विरोधमा चर्किएको प्रदर्शनका कारण बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु विस्थापित हुन थालेका छन् ।

अध्ययनका लागि बंगलादेश पुगेका विद्यार्थीहरु प्रदर्शन हिंसात्मक हुन थालेपछि भारतीय चेकपेस्ट मेघालयबाट बाहिरिन थालेका हुन् ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार साँझ सात बजेसम्ममा २०२ जना भारत प्रवेश गरेका छन् ।

भारत सरकारले विद्यार्थीको सुरक्षाको प्रबन्ध गरेको समाचारमा उल्लेख छ । बंगलादेशको सीमा पार गरेर भारत प्रवेश गर्नेमा नेपालका १ सय १ जना छन् ।

भुटानका ७, भारतका २३ र अन्य ४ जना पर्यटक भएको भारतीय प्रहरीले जनाएको छ । नेपाली विद्यार्थीले बंगलादेश छोडेर भारत आएको नेपाली अधिकारीहरुले भने पुष्टि गरेका छैनन् ।

आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले ढाकामा इन्टरनेट र फोन लाइन सेवा बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved