राष्ट्रपति उम्मेदवारमा ट्रम्प अनुमोदित, भगवान आफ्नो पक्षमा रहेकाले बाँचेको प्रतिक्रिया

नेपालभ्युज

राष्ट्रपति उम्मेदवारमा ट्रम्प अनुमोदित, भगवान आफ्नो पक्षमा रहेकाले बाँचेको प्रतिक्रिया

काठमाडौं । रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवारका लागि अनुमोदन गरेको छ । ट्रम्पलाई रिपब्लिकनले आज आधिकारिक उम्मेदवार घोषणा गरेको हो ।

अनुमोदन कार्यक्रममा ट्रम्पले उम्मेदवारी स्वीकार गर्दै सबै अमेरिकीलाई एक हुन आग्रह गरे । गएको शनिबार भएको गोली काण्डपछि ट्रम्पले पहिलोपटक सार्वजनिक मन्तव्य दिएका हुन् ।

गत शनिबार पेन्सिलभानियामा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मन्तव्यका क्रममा ट्रम्पले भगवानको दयाका कारण आफू बाँचेको उल्लेख गरे ।

उनले भगवानसमेत आफ्नो पक्षमा रहेको भन्दै अमेरिकी जनताको साथ पाउनेमा विश्वास व्यक्त गरेका छन् ।

ट्रम्पले शनिबारको गोली काण्डमा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उम्मेद्वार घोषणा सभामा ट्रम्प पत्नी मेलानिया पनि सहभागी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved