रिपब्लिकनले ट्रम्पलाई आधिकारिक उम्मेदवार घोषणा गर्दै, चुनावी दौडबाट बाहिरिन बाइडेनलाई पार्टीभित्रै दबाब

नेपालभ्युज

रिपब्लिकनले  ट्रम्पलाई आधिकारिक उम्मेदवार घोषणा गर्दै, चुनावी दौडबाट बाहिरिन बाइडेनलाई पार्टीभित्रै दबाब

काठमाडौं । रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई आज आधिकारिक उम्मेदवार मनोनित गर्दैछ ।

मिलवाकीमा जारी रिपब्लीकन पार्टीको सम्मेलनको अन्तिम दिन आज ट्रम्पलाई आधिकारिक रुपमा उम्मेदवार घोषणा गर्न लागिएको हो ।

सम्मेलनलाई ट्रम्पले पनि सम्वोधन गर्नेछन् । पेन्सीलभेनियामा चुनावी सभामा भएको गोलीकाण्ड पछि ट्रम्प आज पहिलो पटक सार्वजनिक समारोहमा भाषण गर्न लागेका छन् ।

उता डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति जो बाइडेनमाथि उम्मेदवारी छोड्न दबाब बढ्दै गएको छ ।

उनकै पार्टीका नेता कार्यकर्तादेखि ठूला चन्दादाताहरुले समेत बाइडेनलाई चुनावी दौडबाट पछि हट्न दबाब दिइरहेका छन् । बाइडेन अहिले कोभिड संक्रमणपछि घरमै आराम गरेर बसीरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved