बंगलादेशमा आरक्षणको विरोधमा चर्किएको प्रदर्शन उग्र बन्दै, सरकारी टेलिभिजनमा आगजनी

३९ जनाको मृत्यु

नेपालभ्युज

बंगलादेशमा आरक्षणको विरोधमा चर्किएको प्रदर्शन उग्र बन्दै, सरकारी टेलिभिजनमा आगजनी

काठमाडौं । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बंगलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीहरूले टिभी परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएका छन् ।

प्रदर्शनकारीले प्रहरी चौकीमा आगो लगाउने क्रममा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारी थप आक्रोशित भएका थिए ।

आक्रोशित भिडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि केही प्रहरी अधिकारी टेलिभिजनको कार्यालयमा शरण लिन गएका थिए ।

प्रहरी अधिकारीलाई पछ्याउदै प्रदर्शनकारी बिटीभीको कार्यालय पुगेका हुन् ।

निजामती सेवामा सुधार र सरकारले अघि सारेको आरक्षणको व्यवस्था खारेजीको मागसहित बंगलादेशमा विद्यार्थीहरु केही दिन यता आन्दोलनमा छन् ।

विद्यार्थीहरूको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । अहिलेसम्म भएका झडपमा ३९ जनाको मृत्यु भइसकेको एएफपीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved