कप्तान बनाउने विषयमा गौतम गम्भीर र जय शाहबीच विवाद

नेपालभ्युज

कप्तान बनाउने विषयमा गौतम गम्भीर र जय शाहबीच विवाद

काठमाडौं । टीम इन्डियामा नयाँ अध्याय सुरु हुन लागेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट टिममा रोहित शर्माको स्थानमा आउने चर्चा चलिरहेको छ ।

यसअघि हार्दिक पाण्डेय मात्र दौडमा थिए तर, अहिले नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीरले जिम्मेवारी सम्हाल्दा खेल उल्टो भएको छ । अहिले टोलीको नेतृत्व सुर्यकुमार यादवले गर्ने तयारी भइरहेको बताइएको छ भने हार्दिक पछि परेका छन् ।

तर, यसैबीच पछिल्लो ३ दिनदेखि टग अफ युद्द चलिरहेको छ र श्रीलंकाविरूद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि भारतीय टोलीको घोषणामा ढिलाइ भइरहेको छ । यो ढिलाइको कारण मात्रै कप्तान रहेको मानिन्छ ।

बीसीसीआईले बुधबार टोली घोषणा गर्ने तयारी गरेको बताइएको थियो तर, टी–२० अन्तर्राष्ट्रियमा हार्दिक वा सूर्यकुमारलाई कप्तान बनाउने विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन ।

सोही कारण घोषणा अर्को दिनका लागि सारिएको र बिहीबार अर्थात् आज हुने जनाइएको छ । तर, अहिलेसम्म भएको छैन ।

रोहित शर्माले आफ्नो कप्तानीमा भारतले टी–२० विश्वकप जितेपछि गत महिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

त्यसपछि बीसीसीआई हार्दिकलाई छोटो ढाँचामा कप्तानको रूपमा फिर्ता ल्याउने वा गत वर्ष चोटपछि हार्दिकको स्थानमा आएका सूर्यकुमारलाई टी-२० मा टोलीको नेतृत्व जारी राख्न दिने निर्णयको दुविधामा रहेको छ ।

हार्दिकलाई बीसीसीआई सचिव जय शाहको समर्थन छ भने गम्भीरलाई सूर्यमा विश्वास छ ।

हार्दिक यस वर्षको सुरुमा आईपीएलमा प्रतिस्पर्धात्मक क्रिकेटमा फर्केका थिए । यसैबीच सूर्यकुमारको नेतृत्वमा भारतले अस्ट्रेलियाविरूद्धको टी–२० सिरिज ४–१ ले जितेको थियो ।

यसबाहेक गम्भीर हार्दिकको फिटनेसलाई लिएर कथित रूपमा चिन्तित छन्, किनभने अलराउन्डर हालैका दिनहरूमा (पिठ, खुट्टा) चोटग्रस्त छन् ।

धेरै रिपोर्टहरूले यो पनि सुझाव दिए कि गम्भिरले दिल्लीबाट भिडियो कलमा जय शाहसँग बैठक गरेका थिए, जहाँ उनीहरूले अगाडि बढ्ने दृष्टिकोणको बारेमा छलफल गरे । टी २० कप्तानको बारेमा कुनै निर्णय लिन सकेनन् ।

छलफलमा गम्भीर सूर्यको पक्षमा थिए भने शाहले हार्दिकलाई समर्थन गरेका थिए ।

रोहित, विराट कोहली, जसप्रित बुमराह जस्ता सिनियर खेलाडीलाई भ्रमणका लागि विश्राम दिइने सम्भावना छ । यद्यपि, क्रिकबजको एक रिपोर्टले सुझाव दिएको छ कि रोहितले तीन खेलको एकदिवसीय शृंखलाका लागि आफूलाई उपलब्ध गराउन सक्छन् ।

श्रीलंका भ्रमण मुख्य प्रशिक्षकका रूपमा गम्भीरको पहिलो भ्रमण हुनेछ । उनले टी–२० विश्वकपको समापनमा राहुल द्रविडको स्थानमा आएका थिए । यो भ्रमण जुलाई २७ मा तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलबाट सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved