रवि लामिछाने भन्छन् – पहिले भागबन्डा लुकेर गर्थे, अब खुल्लमखुल्ला हुन्छ

नेपालभ्युज

रवि लामिछाने भन्छन् – पहिले भागबन्डा लुकेर गर्थे, अब खुल्लमखुल्ला हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले दुई दलीय सिस्टममा जानुपर्छ भनेर नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् ।

बिहीबार पार्टीको नीति मन्थन मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले अब खुल्लमखुल्ला भगबन्डा हुन थालेको बताए ।

‘अब पहिले भागबन्डा लुकेर गर्थे, अब खुल्लमखुल्ला हुन्छ । पुरानाले गरेनन् भनेर हामी धमाका दिनुपर्छ भनेर आएका होइनौँ र ? नराम्रो केही गरिएको होइन तर, अपेक्षा ठूलो भयो । तर, सरकारमा चाहिँ किन गएको भनेर गाली खान्छौँ हामी ।’ उनले भने ।

सिंहदरबार छिरेपछि देश कसले चलाएको रहेछन् राम्रोसँग थाहा पाएको लामिछाने बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved