आगामी तीन दिन मुसलधारे वर्षा हुने, यी खोलामा बाढीको जोखिम

नेपालभ्युज

आगामी तीन दिन मुसलधारे वर्षा हुने, यी खोलामा बाढीको जोखिम
फाइल तश्वीर

काठमाडौं । मुलुकका केही भेगमा अहिले मुसलधारे वर्षा भइरहेको छ । वर्षा जारी रहेका स्थानका खोलामा बाढीको जोखिम बढेको छ ।

दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, डोल्पा, जाजरकोटका नदी तथा खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले खोला र नदी तटमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

रुकुम पश्चिम, बाजुरा, अछाम, डोटी र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा खोलामा बहाव बढ्ने तथा केही खोलामा आकस्मिक बाढी आउने विभागले जनाएको छ ।

आगामी तीन दिन कोशी र नारायणी नदीमा उच्च बहाव हुने विभागले प्रक्षेपण गरेको छ ।

त्यस्तै , कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्नेछ ।

महाकाली, कर्णाली र यसका सहायक नदीहरूमा बहाव उच्च हुने विभागको अनुमान छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved