अण्डर २० काभा महिला भलिबलमा नेपालले आज श्रीलंकासँग खेल्ने

नेपालभ्युज

अण्डर २० काभा महिला भलिबलमा नेपालले आज श्रीलंकासँग खेल्ने
फाइल फोटो

काठमाडौं । अण्डर २० काभा महिला भलिबल प्रतियोगितामा बिहीबार नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको मालेमा राति सवा ९ बजे हुनेछ ।

माल्दिभ्समा जुलाई २३ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो पटक उमेर समूहमा प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स र किर्गिस्तान गरी चार टोली सहभागी छन् ।

नेपालले दोस्रो खेलमा शनिबार कीर्गिस्तानसँग र तेस्रो खेल पनि सोही दिननै आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल आगामी मंगलबार हुने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved