यूरो घट्दा डलरको मूल्य बढ्यो

नेपालभ्युज

यूरो घट्दा डलरको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको मूल्य घटेको छ भने अमेरिकी डलरको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ २७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १७३ रुपैयाँ ९७ पैसा रहेको छ ।त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved