समाजवादी मोर्चाको बैठक बस्दै, आगामी रणनीति तय गर्ने

नेपालभ्युज

समाजवादी मोर्चाको बैठक बस्दै, आगामी रणनीति तय गर्ने

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ४ बजे नेकपा एकीृकत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।

परिवर्तित राजनीतिक समीकरण र बदलिएको घटनाक्रमका विषयमा छलफल गर्न मोर्चाले बैठक बोलाएको हो ।

बैठकले मोर्चाको आगामी रणनीति र योजना तय गरिने नेताहरुले बताएका छन् ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी आवद्ध छन् ।

पार्टी फुटेपछि जनता समाजवादी पार्टी, नेपालले भने मोर्चाको औचित्य नभएको भन्दै बाहिरिएको छ । यसअघि जसपा नेपाल पनि मोर्चामा आवद्ध थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved