काठमाडौं । मुलुकका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ ।
देशभर आंशिक देखि साधारणतया बदली भएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने छ ।
बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेछ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा फाटफुट वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धरानमा ४३ दशमलव ५ मिलिमिटर वर्षा भएको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
Facebook Comment
Comment