परराष्ट्रमन्त्री आरजुले भनिन्-‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ, भारतसँग पहिलाजस्तो झगडा गर्नुपर्दैन’

नेपालभ्युज

परराष्ट्रमन्त्री आरजुले भनिन्-‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ, भारतसँग पहिलाजस्तो झगडा गर्नुपर्दैन’

काठमाडौं ।  नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले पहिलाभन्दा अहिले आफूहरूसँग धेरै सूचना रहेकाले पहिलाजस्तो झगडा गर्नुनपर्ने बताए ।

मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुने दाबी गरिन् ।

उनले भनिन्, ‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ,’ उनले भनिन्, ‘बोर्डरहरूमा पहिलाजस्तो यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’

परराष्ट्रमन्त्री राणाले भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गर्ने बताइन् ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयमा पनि दुई देशबीच छलफल गरेर निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved