सेयर बजार अर्थतन्त्रको ऐना हो,सन्तुलित रूपमा अगाडि बढाउँछौँ : अर्थमन्त्री पौडेल

नेपालभ्युज

सेयर बजार अर्थतन्त्रको ऐना हो,सन्तुलित रूपमा अगाडि बढाउँछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । सोमबार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलित रूपमा अगाडि बढाउने बताएका हुन् ।

उनले सेयर बजारलाई विगतमा जुवाघर लगायत अन्य टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलित रूपमा अगाडि बढाउने बताए । अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू रहेको भन्दै समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर समस्या समाधान गरिने उनको भनाई छ ।

सरकारको सोच र कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि कुनै पनि बजेट बाधक नबन्ने उनले बताए । बजेट कार्यान्वयनका सिलसिलामा केही समस्या महसुस भए सरकार संवैधानिक र कानुनी प्रबन्ध अनुसार अघि बढ्ने उनको भनाई छ ।

‘शेयर बजारलाई अर्थतन्त्रको ऐनको रूपमा लिने गर्छौं । कतिपय समयमा के टिप्पणी हुने भयो भने जुवाघर लगायतका टिप्पणी भए । त्यसले अस्थिरता पनि पैदा गरेको थियो । यथार्थमा शेयर बजारलाई हामीले अर्थतन्त्रको ऐनका रूपमा हेर्ने गरेका छौं । पछिल्लो दिनमा पुँजी बजारमा जुन खालको उत्साह देखिरहेका छौं । त्यसलाई सन्तुलित ढङ्गले अगाडि बढ्ने परिस्थिति होस भन्ने कुरामा मन्त्रालयको ध्यान जान्छ ।’ उनले भने ।

उनले विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने विषयमा पहिलो निर्णय गरेका छन् । विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै पैसा कम भएकाले विकासमा बाधक बन्नु नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved