नारायणीमा भेटियो थप ४ शव

नेपालभ्युज

काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एक गरी ४ जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

शवको सनाखत हुन बाँकी रहेको बताइएको छ । यसअघि  नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँच शवको सनाखत भइसकेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved