प्रधानमन्त्री ओलीले भेटे पूर्वराष्ट्रपति भण्डारी

नेपालभ्युज

प्रधानमन्त्री ओलीले भेटे पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्वीर ।

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता भएको छ ।

आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त भएका ओलीले  पूर्वराष्ट्रपति भण्डारीलाई  उनको निवास  चपली पुगेर भेटेका हुन् ।

भेटका क्रममा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिईन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार उक्त भेटमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेता समेत सहभागी छन् ।

ओलीले सोमबार राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved