प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले भने –इमानका साथ काम गर्छु, देशको हितलाई सर्वोपरि राख्नेछु

नेपालभ्युज

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले भने –इमानका साथ काम गर्छु, देशको हितलाई सर्वोपरि राख्नेछु

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताएका छन् । बालकोटस्थित आफ्नै निवासमा बधाई दिन आइपुगेका शुभेक्षुकहरूसँग कुरा गर्दै देशको हितलाई सर्वोपरि राख्ने बताए ।

उनले भने, ‘‘हामी देशको हितलाई सर्वोपरि राखेर काम गछौँ । देशको आवश्यकता र जनचाहना अनुसार अघि बढ्छौँ ।’’

राष्ट्रियता, लोकतान्त्रिक मूल्यमान्यता र पारदर्शीमा आफ्नो सरकार दृढ रहने उनले बताए ।

नियुक्त भएपछि उनले सबैलाई सम्मान र धन्यवाद दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’

ओली प्रधानमन्त्रीमा आइतबारै नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved