ट्रम्पलाई गोली हान्ने युवकको पहिचान खुल्यो

नेपालभ्युज

ट्रम्पलाई गोली हान्ने युवकको पहिचान खुल्यो

काठमाडौं । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का अनुसार डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

ती व्यक्ति २० वर्षीय थोमस म्याथ्यू क्रुक्स रहेका छन् । एफबीआईले उनको पहिचान पुष्टि गर्न डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने जनाएको छ ।

एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा हुन् । ट्रम्पको हत्याको प्रयास भएको ठाउँबाट यो ७० किलोमिटर टाढा छ।

‘अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जो कोहीले फोटो वा भिडियो अनलाइन पेश गर्न सक्छन्, एफबीआईको विज्ञप्तीमा भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved