मन्त्री छान्ने जिम्मा महन्थ ठाकुरलाई

नेपालभ्युज

मन्त्री छान्ने जिम्मा महन्थ ठाकुरलाई

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने भएको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।

यस्तै, बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरिएको छ ।

पहिरोका कारण त्रिशूली नदीमा खसेर बेपत्ता दुई बसको खोजी चुस्त बनाउन बैठकबाट सरकारको ध्यानाकर्षण समेत गराइएको उनले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved