त्रिशुलीमा बेपत्ता यात्रु खोज्न वाटर ड्रोनको प्रयोग

नेपालभ्युज

त्रिशुलीमा बेपत्ता यात्रु खोज्न वाटर ड्रोनको प्रयोग

काठमाडौं‌ । चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन वाटर ड्रोनको प्रयोग सुरु गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रवक्ता थापाका अनुसार असार २८ गते त्रिशुलीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको हो । र्‍याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने उनले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज बेपत्ता यात्रुको खोजीकार्यमा परिचालित छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved