काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अन्तराष्ट्रिय जगत्मा महत्वपूर्ण पहलकदमी लिएको बताएका छन् ।
प्रधानमन्त्रीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिएका पाण्डेले प्रचण्डको नेतृत्वमा उल्लेखनिय कार्य भएको बताए ।
‘सरकार बनेको दिनदेखि प्रचण्डको नेतृत्वले सरकारले अन्तराष्ट्रिय जगतमा महत्वपूर्ण पहलकदमी लियो, प्रचण्डले अल्पविकसित मुलुकको नेतृत्वको हैसियतले संसारका विभिन्न फोरमहरूमा आफ्ना कुरा राख्नुभयो । सोहीकारण संयुक्त राष्ट्रसंघका महासचिव आउनुभयो ।’ उनले भने ।
साथै, सरकारले सरकारी कार्यालयमा लाइन घटाउनेदेखि लिएर नागरिकताका विषयमा, न्याय दिने कुरामा राम्रो काम गरेको उनको भनाइ छ ।
सरकारले सुशासनमा जोडिएका काम अघि बढाएको पाण्डेले बताए ।
Facebook Comment
Comment